परराष्ट्रमन्त्री डा राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।


वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायत अधिकारी र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए ।