सूर्यदर्शनका पूर्वसचिव नकर्मी कारागार चलान



काठमाडौं । पोखरास्थिति सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव अनुज नकर्मी कारागार चलान भएका छन् । बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी ठगी गरेको अभियोगमा नकर्मी गत भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका थिए ।

आज (बुधबार) जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई थुनामा पठाउने आदेश दिएको हो । सूर्यदर्शनका अध्यक्ष जीबी राई भने अहिलेसम्म फरार छन् ।