नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गर्ने खतिवडा धरौटीमा रिहा



काठमाडौं । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गर्ने धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।