काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छिन् । उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धनबारे छलफल गर्ने जनाइएको छ । दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।