क्रिप्टोकरेन्सीका सम्पूर्ण वेबसाइट र एप्लिकेशन नेपालमा प्रतिबन्ध



काठमाडाैँ । नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता कुनै पनि वेबसाइटहरू नचल्ने भएका छन् । मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।