कांग्रेस र एमाले इथिक्स मिलेर होईन इन्ट्रेष्ट मिलेर मिलेका हुन् : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले दुई ठूला दल मिल्नुको कारण इथिक्स मिलेर नभई इन्ट्रेष्ट (स्वार्थ) मिलेर मिलेको दाबी गरेका छन् । टीआरसीसम्बन्धी विधेयकमाथि प्रतिनिधि सभाको आजको बैठकमा भैरहेको छलफलमाथि भाग लिँदै उनले यस्तो दाबी गरेका हुन् ।

उनले लोकतन्त्रलाई नै आफूहरुले जीवन पद्धती बनाएको उल्लेख गर्दै अरु दलले साँच्चिकै यसरी लोकतन्त्रलाई जीवन पद्धती बनाएका छन् त ? भनेर प्रश्न पनि तेर्साए । सो क्रममा उनले कांग्रेस र एमाले दुई ठूला दल एक ठाउँमा आउनुको परिस्थिति आफूहरुले नदेखेको र दलले स्विकार नगर्ने टिप्पणी गरे ।


उनले भने,‘दुई ठूला दल दुई तरिकाले मिल्छन् । कि इथिक्स मिल्दा कि इन्ट्रेष्ट मिल्दा । इथिक्स मिल्दा जहिल्यै मिलेपनि हुन्छ । तर, इन्ट्रेष्ट मिलेर मिल्दा चाहीँ मिलेको भन्न मिल्दैन् । यो मोटाउनु र सुन्निुजस्तै हो ।’