कम्युनिष्ट एकता भनेर गीत गाउने बेकारको तमासा होः अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको एकताका कुरा गर्नु बेकार रहेको बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको सरकार ढाल्न संसदमा उपस्थित नहुनेहरुसँग एकताको कुरा गर्नु बेकार रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले जनता झुक्याउन/अल्मल्याउन त्यस्ता कुरा गरेको भन्दै जिस्क्याउने खालका कुरा नगर्न आग्रह गरे । उनले भने,‘कम्युनिष्ट एकता भनेर गीत गाउने बेकारको तमासा हो । कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउनेले के कम्युनिष्ट एकताको कुरा गरेको ?’


उनले देशमा परमादेशीमा विश्वास गर्ने र जनादेशमा विश्वास गर्ने दुई शक्ति रहेको पनि बताए । अध्यक्ष ओलीले सत्ता गठबन्धनसँग चुनाव लड्न एमाले एक्लै सक्षम रहेको बताए । उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गरे