आश्रयविहीनका लागि ‘मायाघर’ बनाउन दुई करोड सङ्कलन



महोत्तरी । बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट दुई करोड सङ्कलन भएको छ ।

शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद दुई करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न एक करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उनले नै शिवपुराण सुनाएका थिए। बर्दिबास–२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ ।