पर्सामा गैरकानुनी रूपमा भित्र्याइएका कपडा, खाद्यान्न र मोबाइल पाटर्स बरामद



वीरगञ्ज । जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका रु आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गलबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो ।


प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो ।