रास्वपाको निष्कर्ष- भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कुरा स्वीकार्य हुँदैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । आज (मंगलबार) संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भ्रष्टाचार मुद्दामा कुनै हदम्याद राख्न नपाइने र भ्रष्टाचारी मरिसकेको भएपनि मुद्दा चलाएर सजाय सुनाइनुपर्ने बताएका हुन् ।

‘पाँच वर्षमात्र होईन, मरिसकेको मान्छे भएपनि सजाय सुनाएको हुनुपर्छ । भ्रष्टाचारमा कुनै हदम्याद हुँदैन, कुनै हदम्याद राख्न पाइँदैन । यतिवर्ष त्यतिवर्ष भन्ने होईन । भ्रष्टाचारीको मृत्यु भइसकेको छ भने पनि सजाय चाहीँ देश र जनतालाई थाहा हुनुपर्छ,’– उनले भने ।


भ्रष्टाचार निवारण ऐन संशोधन गरी भ्रष्टाचार मुद्दामा पाँच वर्षको हदम्याद राख्ने गरी छलफल चलिरहेको छ ।