आन्दोलनकारीको अल्टिमेटमपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा



आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् ।

आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर पुगेर प्रधानन्यायाधीशको राजीनामा माग्दै चर्को नाराबाजी गरेका थिए ।


आन्दोलनकारीहरुले दिउँसो १ बजेसम्म अल्टिमेटम दिएपछि उनले सोही अवधिभित्रै अदालत परिसरमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको घोषणा गरेका हुन् ।