युक्रेनले रातारात रुसले प्रक्षेपण गरेका सबै २७ ड्रोन खसाल्यो



युक्रेनी वायुसेनाले देशमा रातभरको आक्रमणमा रुसले प्रक्षेपण गरेक सबै २७ लडाकू ड्रोनलाई खसालेको बताएको छ । सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिअनुसार साहेद–१३६ र शाहेद–१३१ ड्रोनलाई युक्रेनको उत्तरी, मध्य, दक्षिणी र पूर्वी युक्रेनका सात क्षेत्रमा रोकिएको थियो ।

किएभ क्षेत्रमा वायु प्रतिरक्षा प्रणाली परिचालन गरिएको थियो, तर उक्त क्षेत्रमा कुनै हताहत वा क्षति नभएको किएभ क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ । क्षेत्रीय गभर्नर सर्गेई लिसाकले मध्य निप्रोपेट्रोभस्क क्षेत्रमा दुई वटा ड्रोनलाई नष्ट गरिएको र पूर्वाधारमा क्षति पुगेको बताए ।