बंगलादेशको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्नेमा प्रचण्डको जोड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशमा घटेको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले बंगलादेशमा घटेको घटनाको नेपाल र संसारभरी पर्ने अवसरबारे आफ्ना भनाइहरु राखेको प्रवक्ता अग्नि सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार सो क्रममा प्रचण्डले बंगलादेशमा घटेको घटनाबाट शिक्षा लिँदै जनताका जीविकोपार्जनका समस्या र जनताका कुराहरु सुन्नेर अगाडि बढ्नुपर्ने बताए ।


साथै, प्रचण्डले आफू नेतृत्वको सरकारले सुरु गरेको सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई वर्तमान सरकारले अवरोध गरेको बताएको थिए । ‘अघिल्लो सरकारले सुशानको पक्षमा गरेको कामहरु, भ्रष्टाचारविरोधी कुराहरु अगाडि बढाउनु त कता–कता ? कतिपय सन्दर्भमा त ती राम्रा कामहरुमा पनि अवरोध सिर्जना गर्ने काम गरिरहेको छ,’– प्रचण्डको भनाई उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने ।