पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर



इस्लामावाद । सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म ८१ वटा राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकामा प्रकाशित तथ्याङ्क अनुसार ८६२ बाल यौन दुव्र्यवहार, ६६८ अपहरण, ८२ बेपत्ता बालबालिका र १८ वटा बालविवाहका घटना दर्ता भएका छन् ।


यस वर्षमा यौन दुव्यवहारपछि पोर्नोग्राफीका ४८ वटा घटना रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । छ महिनाको तथ्याङ्कमा रिपोर्ट गरिएका मुद्दामध्ये ५९ प्रतिशत पीडित केटीहरू र बाँकी ४१ प्रतिशत केटाहरू पिडित रहेका छन् ।

तथ्याङ्क अनुसार ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका अधिक दुरुपयोगको जोखिममा छन् ।