सुन्दरीजल घुम्न गएका एक युवक घट्टेखोलामा मृत फेला



काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक जना युवा मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घट्टेखोलामा युवक मृत फेला परेका हुन्। काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


उनी सुन्दरीजल घुम्न गएको र बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचना प्रहरीलाई गरिएको थियो। प्रहरी वृत्त बौद्व लगायत विभिन्न युनिटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ।