लुम्बिनीका मुख्यमन्त्रीसहित मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री अ‍ोली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यसहित उनको क्याबिनेटका ९ जना मन्त्रीसँग ओलीले आज सामूहिक भेट गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीसँग भेट गर्नका लागि आचार्यसहित उनको सिंगो टिम काठमाडौं आइपुगेको छ ।


प्रदेशको विकास र संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न ओलीले प्रदेशका सबै मन्त्रीलाई काठमाडौं बोलाएका हुन् । संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरु राख्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।