कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै



काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधबारबाट शुरु भएको बैठकको आज तेस्रो दिन हो । बैठक ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि आज पनि छलफल जारी रहने बताइएको छ।


बुधवारबाट सुरु भएको बैठमा पहिलो दिन प्रस्तावहरू प्रस्तुत भएका थिए भने बिहीबारको बैठकमा प्रदेश प्रमुख र केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।