शोभित बस्नेतको निर्देशनमा ’हाम्रो स्वर्ग’ निर्माण हुने



काठमाडौँ । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ’हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायाँकन चैत्र अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेतृको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइरहेको छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ ।

कर्णाली प्रदेशवासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । फिल्म कर्णाली प्रदेशका १० वटै जिल्लामा छायाँकन गरिनेछ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानेको संगीत, रामकृष्ण बुड्थापाको कथा र मुख्य सहायक निर्देशक रामजी राउत हुनेछन् ।