राजविराज (सप्तरी) । कुनौली–राजविराज खडकखण्डअन्तर्गत सप्तरीको वरहीवीरपुर नजिक धानखेतमा आज एक जना पुरुषको शव फेला परेको छ ।
प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यका अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ सडकको छेउमा रहेका धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।
मृतक कर्ण त्यहाँ बन्द अवस्थामा रहेको इँटाभट्टमा मुन्सीका रूपमा कार्यरत रहेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।