हुम्लामा जसपा र माओवादीबीच समायोजन



हुम्ला । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समयअघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमतिअनुसार आज घोषणासभा आयोजना गरेर समायोजन भएको हो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य वीरजङ शाहीले आफूसहित केन्द्रीय सदस्य कालीबहादुर विक, सङ्घीय परिषद् सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजन भएको बताए । पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसी, हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाको उपस्थिति रहेको थियो ।