जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९ वर्ष पुरा भएको छ।
हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९ वर्ष पुरा भएको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयर काजुमी मात्सुईले बताए।
मङ्गलवार आयोजित सम्मलेनमा उनले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिए।
सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकीले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसहरुको ज्यान गएको थियो।
यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो। युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना हो।
मङ्गलवार आयोजित समारोहमा प्रधानमन्त्री फुमियो किशिदासहित अन्य व्यक्तीहरुले पीडितको सम्झनामा हिरोसिमा स्मारकमा रहेको शिलालेखमा माल्यार्पण गरेका छन्।