डच राजमार्गमा सानो विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

Philippines military plane crash


नेदरल्यान्ड्सको राजमार्गमा बुधबार एउटा सानो विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुर्घटना रोटरडमबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको दक्षिणी सहर ब्रेडा नजिकै राति १२ः४५ बजे भएको थियो । “

एक विमान ए–५८ मा ब्रेडाबाट रुसेन्डालको दिशामा दुर्घटनाग्रस्त भयो”, मध्य–पश्चिम ब्राबान्ट सुरक्षा क्षेत्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ, “यस घटनामा दुर्भाग्यवश जहाजमा सवार एक मात्र पाइलटको मृत्यु भयो ।”


सामाजिक सञ्जालमा पोस्ट गरिएका छविहरूले राजमार्गमा जलेको भग्नावशेष देखाउँदछ । यहाँ दुवै पक्षबाट आपत्कालीन सेवाहरूद्वारा यातायात अवरुद्ध गरिएको थियो । हालैका समयमा सबैभन्दा खराब हवाई दुर्घटनाहरू मध्ये एक नेदरल्यान्ड्समा सन् २००९ मा भएको थियो । उक्त दुर्घटनामा नौ जनाको मृत्यु भएको थियो र आठ सयभन्दा बढी घाइते भएका थिए ।

उक्त समयमा अन्वेषकहरूले दोषपूर्ण अल्टिमिटरको कारणले दुर्घटना भएको बताएका थिए । सन् १९९२ मा एक इजरायली एल अल बोइङ ७४७ सिफोलबाट उडेको केही समयपछि एम्स्टर्डमको बिजलमेर छिमेकको फ्ल्याटको ब्लकमा ठोक्किएर ४३ जनाको मृत्यु भएको थियो ।