म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुनास्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुंगेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए।
अत्यधिक वर्षापछि खोला थुनिएको थियो। झोलुंगेपुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ।
यस्तै, मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्याएको धवलागिरि– ३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए।