मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छाैँ : मन्त्री भुसाल



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

गोदावरी नगरपालिकाको छैटाैँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताइन् । सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो ।