प्रतिनिधि सभाअन्तर्गत कृषि समितिको सभापतिमा थापा निर्विरोध निर्वाचित



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् । नेपाली कांग्रेसबाट समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो पदमा थापा निर्वाचित भएकी हुन् ।

उनको प्रस्तावकमा वीरबहादुर वलायर र समर्थकमा सूर्यप्रसाद ढकाल रहेका थिए । निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले किसानहरुको हितमा नीति बनाउने, उनीहरुलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउनेलगायतका विषयमा काम गर्ने बताईन् ।