दुर्गा राईको प्रश्न – डीआइजी मनोज केसीको किन सरुवा गरियो ?



काठमाडौँ । माओवादी केन्द्रकी सांसद दुर्गा राईले रातारात डीआइजी मनोज केसीको किन सरुवा गरेको भन्दै सरकारसँग प्रश्न गरेकी  छिन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई वटा फाइल छेक्न, भुटानी शरणार्थी काण्ड छेक्न मनोज केसीको सरुवा गरेको हैन भन्दै प्रश्न गरेकी हुन् । 

केसीले शरणार्थी काण्डमा संलग्न प्रतिक थापा र बेचन झा पक्राउ गरेका थिए । लगतै नयाँ सरकार आएपछि उनको सरुवा भएको थियो । 


उनले प्रधानमन्त्री केपी शर्माले एउटा कार्यक्रममा काँग्रेसले गिरिबन्धुको ७० बिघा जग्गा खाएको भनेको र त्यसको उतर सरकारसँग मागेकी छिन् । उनले सरकारका सचिवको सरुवा र राजदूतहरुको फिर्ताले सरकारको तिर कतातिर छ स्पष्ट भएको बताएकी छिन् ।