पदाधिकारी बैठकमा आज प्रचण्डले आज जवाफ दिने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिदै छन् ।

पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालमाथि जवाफ दिन लागेका हुन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले अहिले संगठन निर्माणमा लाग्न उपयुक्त हुने जनाउँदै सत्ता बाहिर रहेका बेला पार्टी निर्माणमा जुट्नु पर्ने बताएका छन् ।


बैठकमा सहभागी वक्ताहरुले सरकारमा रहदा पार्टीले गरेका राम्रो काम जनतामाझ लैजाँदै एकजुट भएर जनतामाझ जान उपयुक्त समय रहेको धारणा राखेका छन् । बैठकले स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गर्ने छ ।