गोरखा पहिरोका घाइते दुई जनालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो



काठमाडौं । गोरखाको धार्चेमा गएको पहिरोबाट घाइते भएका दुई जनालाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।

गएराति धार्चे गाउँपालिका–५ रेशा गाउँमा स्थानीय जीतबहादुर गुरुङको घर पुरिँदा घाइते भएका स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई उद्धार गरी कैलाश एयरको हेलिकोप्टर मार्फत उपचारका लागि टिचिङ अस्पताल ल्याइएको हो । अझै पाँच जना वेपत्ता छन् ।


बेपत्ता हुनेहरुमा घर धनी जीतबहादुर, उनकी श्रीमती ३५ वर्षकी कान्छी गुरुङ, बुबा ६० वर्षका सुलार कान्छा गुरुङ, सिम्ला बस्ने ३३ वर्षका रमेश गुरुङ र आरुघाट गाउँपालिका ७ आरुपोखरीका २४ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

रमेश कामदार र अर्का रमेश परियार ट्याक्टर चालक हुन् । बेपत्ताको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।