ताप्लेजुङमा ४.१ म्याग्निच्युडकाे भूकम्प



काठमाडौँँ । ताप्लेजुङमा गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको छ ।

ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


भूकम्पले क्षति पुर्‍याए नपुर्‍याएको विवरण प्राप्त हुन सकेको छैन । यसअघि २०६८ असोज १ गते साँझ पनि त्यस आसपास केन्द्रविन्दु बनाएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।