पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीले दिए बधाई



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त भएकामा बधाई व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला भएकामा बधाई दिएका हुन् ।


उनले लेखेका छन्, “देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई ! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवि गड्तौलालाई नियुक्त गरेको छ । नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई !!”

प्रधानमन्त्री ओलीका अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।