मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।


आज बिहान पोखरा जान लागेको सो विमान दुर्घटना हुँदा जहाजमा सवार १९ जनामध्ये १८ जनाको ज्यान गएको थियो । विमानका पाइलट मनिषरत्न शाक्यको भने जिवितै उद्धार गरि उपचार भईरहेको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् । साथै एक आयोग बनाउने तयारी छ ।