विमान दुर्घटना अपडेट : १८ जनाको शव निकालियो, पाइलटबाहेक सबैको मृत्यु (सूचीसहित)



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।


प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज आज केहीबेरअघि दुर्घटनामा परेको थियो ।