उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो । 

नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।


आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन् ।