काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा अोलीलाई विश्वासको मत दिने बताएका छ्न । अोलीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै अध्यक्ष यादवले सत्ता गठबन्धनले संविधान संशोधनको कुरा उठाएको हुँदा नयाँ सरकारलाई साथ दिेन बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले जनतालाई गोली बर्साएर जारी गरिएको संविधान पुनर्लेखन हुनुपर्नेमा जोड दिए । उनले नयाँ सरकारले संविधानलाई सबैको सर्वस्वीकार्य बनाउँछ भन्नेमा आफ्नो दल विश्वस्त रहेको बताए ।
उनले भने– ‘संविधान संशोधनको सवाल अति महत्त्वपूर्ण सवाल हो । यो संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए । जनतामाथि गोली बर्साएर जारी भएको संविधान हो । संविधान सभामा ३ सयभन्दा बढी संशोधनहरू प्रस्तुत भएका थिए । छलफल नै नगरी बाहिर लेखनदासहरूबाट लेखाएर संविधानसभाको माध्यमद्वारा घोषणा गरिएको संविधान हो । यो संविधानको पुनर्लेखन, संशोधन जरुरी छ ।’