लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।


संघमा कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो । एमालेले सरकार छाडेपछि अल्पमतमा परेका महराले आज विश्वासको मत लिन लागेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन३÷३तीन, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका २÷२जना तथा नेकपा एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १÷१ सांसद छन् ।