भारतले माल्दिभ्समा निर्माणाधीन विमानस्थलका लागि सहयोग जारी राख्ने



भारतले माल्दिभ्समा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोग गर्ने प्रतिबद्धता जारी राख्ने भएको छ। पछिल्लो समय दुई मुलुकबीच सम्बन्ध सुमधुर बन्दै जाँदा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

माल्दिभ्स भारतीय उच्चायुक्तले मुलुकको उत्तरी क्षेत्रमा निर्माणाधीन हनिमाधु अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोगलाई जारी राख्ने जनाएको छ ।


हालैमात्र माल्दिभ्सका निर्माण तथा पूर्वाधारमन्त्री डा. अब्दुल्लाह मुत्थैलिब, यातायात तथा नागरिक उड्डयनमन्त्री मोहम्मद अमिन र मालदिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महेश्वरले सो विमानस्थल निर्माण परिसरको भ्रमण गरेका थिए ।

भारतीय सहयोगमा निर्माणाधीन सो विमानस्थलको निर्माण प्रक्रिया ६७ प्रतिशत सम्पन्न भइसकेको भारतीय टेलिभिजन डब्लूआईओएनले उल्लेख गरेको छ । मालदिभ्स भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशकंरले सन् २०२३ जनवरीमा शिलान्याश गरेका थिए ।