राष्ट्रपतिबाट अमेरिकाका लागि नेपाली राजदूत खत्रीको शपथ



काठमाडौँ । अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।


राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।