मध्य गाजामा इजराइली हवाई आक्रमण, १३ प्यालेस्टिनीको मृत्यु



मध्य गाजा पट्टीको नुसेरत शरणार्थी शिविरमा रहेको इजराइली बमबारीमा कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका प्यालेस्टिनी स्रोतहरूले जानकारी दिएका छन् ।

इजराइली बमबारीले दुई घर ध्वस्त भएको र वरपरका घरहरूमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।


बम विष्फोटमा महिला र बालबालिकासहित १३ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनाबारे इजराइली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

हमासको आक्रमणमा लगभग एक हजार दुई सय मानिस मारिएका र दुई सय ५० जनालाई बन्धक बनाइएको छ ।