उच्च अदालत सुर्खेतको ८२ प्रतिशत मुद्दा फर्छ्यौट



कर्णाली । उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०/८१ मा ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । 

आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव २०८०/८१ मा नयाँ दर्ता भएका सात सय ५६ गरी कूल नौ सय १६ मुद्दामध्ये सात सय ५४ मुद्दा फर्छ्यौट भएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजङ्ग सिजापतिले जानकारी दिए ।


उनका अनुसार अदालतमा दर्ता भएका कूल मुद्दामध्ये आव २०८०/०८१ मा ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो । 

जिम्मेवारी सरेका एक सय ६० मुद्दा शतप्रतिशत, नयाँ दर्ता भएका सात सय ५६ मध्ये पाँच सय ९४ अर्थात् ७८ दशमलव ५७ प्रतिशत र कूल नौ सय १६ मध्ये सात सय ५४ अर्थात् ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।

रजिष्ट्रार सिंजापतिले आव २०८०/८१ मा छ सय ५७ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको अदालतले सात सय ५४ अर्थात् एक सय १४ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाए ।