रमेश बडाल महान्यायाधिवक्ता नियुक्त



काठमाडाैँ । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए।


काठमाडौं महानगरपालिका– ७ चाबहिल निवासी बडाललाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्तामा नियुक्त  गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।