चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुशल उद्धार



काठमाडौं । चन्द्रागिरी केवलकारमा अड्किएका सबै यात्रुको सकुसल उद्धार गरिएको छ ।

बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केवलकारमा अड्किएका थिए । स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र अन्यको केवलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।


फसेको खबरपछि ९ नम्‍बर पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुबाट २६ जनाको टोली खटिएको थियो।