राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित



काठमाडौँ  । राष्ट्रियसभाले राष्ट्र ऋण उठाउने विधेयक- २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मुल रुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेश गरेका थिए । प्रस्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेकोसो प्रश्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे ।