परराष्ट्रमन्त्री आरजुलाई भारतीय समकक्षीको बधाई



काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले राणालाई  सामाजिक सञ्जाल एक्समार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । 

उनले परराष्ट्रमन्त्रीको रुपमा राणासँग बहुआयामिक साझेदारीका थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको पनि बताएका छन् । 


राणा सोमबार परराष्ट्र मन्त्रीमा नियुक्त भएकी थिइन् ।