श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु



श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले जनाएको छ ।

एनडिसियुले यस वर्षको सुरुदेखि ३० हजार ५७ घटना रिपोर्ट गरिएको बताएको छ । तीमध्ये जुलाईमा एक हजार आठ सय १८ केसहरू रिपोर्ट गरिएको थियो । यसमा १२ जनाको मृत्यु भएको छ ।


पश्चिमी प्रान्तमा कूल केसमध्ये ३८ दशमलव आठ प्रतिशत र उत्तरी प्रान्तमा १५ दशमलव एक प्रतिशत, मध्य प्रान्तमा नौ दशमलव पाँच प्रतिशत र सबरागामुवा प्रान्त १० दशमलव दुई प्रतिशत रहेको छ ।