डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग



एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९० लाख अमेरिकी डलर बराबरको औषधिलगायत विभिन्न चिकित्सा सामग्री सहयोग गरेको छ ।

शुक्रबार लिलोङ्वेमा सहयोग हस्तान्तरण गर्दै मलावीका लागि डब्ल्यूएचओका प्रतिनिधि नीमा किम्बोले मलावीका सार्वजनिक अस्पताल राम्रोसँग व्यवस्थापन भएको र त्यहाँका नागरिकले स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पाएको हेर्ने डब्ल्यूएचओको चाहना रहेको बताए ।


किमाम्बोले मलावीको स्वास्थ्य प्रणालीको आवश्यकता पूरा गर्न विभिन्न स्रोत उपलब्ध गराएर डब्ल्यूएचओले मलावी सरकारलाई सहयोगलाई जारी राख्नेछ ।

मलावीका स्वास्थ्य मन्त्री खुम्बिजे कान्दोडो चिपोन्डाले उक्त सहयोगको प्रशंसा गर्दै देशका सार्वजनिक अस्पतालहरूमा स्वास्थ्य सामग्रीको अभावलाई सम्बोधन गर्न सहयोग पुग्ने बताए ।

डब्ल्यूएचओले सन् २०२२ देखि देशको कोभिड–१९ आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत मलावीको सरकारलाई अत्यावश्यक औषधि र चिकित्सा आपूर्तिहरू उपलब्ध गराउँदै आएको छ ।