नयाँ सरकार गठनबारे सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएका कारण राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने भएको हो ।


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको बताएका छन्  ।