नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन



काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको हो। नाउपाकी रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर गङ्गाराम चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो।


प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्। यसअघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आजको बैठकमा गंगा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए। संघीय संसद्मा नाउपाका चार सांसद छन्।