जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ जना निलम्बनमा



काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


निलम्बनमा पर्नेमा सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती पनि छन् । त्यस्तै पूर्वमिर्चैया नगर सचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई पार्टीले निलम्बन गरेको छ ।

नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण सचिव साह निलम्बनमा परेका हुन् ।