आज सुनको मूल्य स्थिर



काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ।

बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४४ हजार एक सयमै कारोबार भएको छ।


यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।