कारबाहीप्रति मुकुल ढकालको प्रतिक्रिया : रवि लामिछानेको क्लबबाट निष्काशित भएको हुँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै महत्वपूर्ण पदीय जिम्मेवारी (साधारण सदस्यबाहेक) खोसेपछि मुकुल ढकालले मुख खोलेका छन् ।

रास्वपाले पार्टीबाट निश्काषन गरेपछि ढकालले आफू सभापति रविलामिछानेको क्लबबाट निश्काषित भएको प्रतिक्रिया दिएका छन् । उनले फेशबुकमा संक्षिप्त धारणा राख्दै यस्तो भनेका हुन् । उनले लेखेका छन्-


रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ….